Posts

आदिवासी जनजाति साहित्यकार महासंघको अध्यक्षमा राजन मुकारुङ

Image
  काठमाडौं । ‘आदिवासी जनजाति साहित्यकार \लेखक महासङ्घ’को प्रथम भेलाबाट अध्यक्षमा लेखक राजन मुकारुङ चयन भएका छन् । ललितपुरमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा टंक सेलिङ, उपाध्यक्षमा रजनी मिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिञ्जाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवारलाई निर्विरोध चयन गरेको छ ।यस्तै, महासचिवमा बुद्ध योञ्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भए भने कोषाध्यक्षमा उर्मिला गम्बा थारू र सह–कोषाध्यक्षमा जितेन पन्धाक चुनिए । महासंघको प्राज्ञिक परिषदमा कैलाश राई, मुनाराज शेर्मा, विष्णुकुमार सिञ्जाली, सञ्चु ब्लोन, गुरुङ सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्णराज सर्वहारी र डा. तारालाल श्रेष्ठ छन् । महासंघको केन्द्रीय तदर्थ समितिले ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ राष्ट्रिय भेला आयोजना गरेको थियो । अनलाइनखबरसँग कुरा गर्दै महासंघका अध्यक्ष मुकार...

खुवालुङ संरक्षणका अभियन्ता दिनेश खुम्बु र साजन राई पक्राउ

Image
  खुवालुङ   संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई प्रहरीले पक्राउ गरेको छ । सप्तकोशीमा डुंगा चलाइरहेकाहरूको उजुरीमा खुम्बुलाई सुनसरी चक्रघाटीको इलाका प्रहरी कार्यालयले पक्राउ गरेको किरात राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले जानकारी दिए । ८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोसीमा जहाज चलाइ छाड्ने उदघोष गरेका थिए । सोमबार यही तमोर, अरुण र दुधकोशीको संगमस्थलमा अभियन्ताहरूले किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ ढुंगा फुटाउने सरकारी योजनाको विरोध गरेका थिए । ‘सोमबार खुवालुङ पुगेर विरोध गर्ने कार्यक्रम थियो, तर डुंगा व्यवसायीले अभियन्ताहरूलाई खुवालुङसम्म पुर्‍याउन आलटाल गरे,’ उनले भने, ‘यही विषयमा सामान्य विवाद भएको थियो । विवादलाई अतिरञ्जित गरेर डुंगा व्यवसायीले उजुरी गरे । आज प्रहरीले दिउँसो १ बजेतिर दिनेशलाई पक्राउ गरेको छ । अहिलेसम्म छोडेको छैन ।’ किराँत सभ्यता र मुन्दुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनु...

पूर्व तताइरहेको ढुङ्गा "खुवालुङ"

Image
देशको पूर्वी क्षेत्रमा अहिले एउटा ढुङ्गाको विषयलाई लिएर तातो बहस भइरहेको छ । वराहक्षेत्रअन्तर्गत त्रिवेणीमा रहेको यो ढुङ्गा फुटाउने अभिव्यक्ति सार्वजनिक भएपछि एकाएक यसले पूर्व क्षेत्र तताएको हो । किरात राई समुदायले ‘खुवालुङ’ भनेर विश्वास गरेको ढुङ्गा फुटाउने विषयबारे चर्चा चुलिँदै जाँदा सामाजिक सञ्जाल, सडकदेखि सिङ्गो पूर्वी पहाड तरङ्गित भइरहेको छ । सामाजिक सञ्जालमा यो ढुङ्गा फुटाउन पाइन्न भनेर चर्को विरोध भइरहेको छ । किराती राई समुदायका सामाजिक संस्थाहरूले यसविरुद्ध सार्वजनिक अपिल नै गरेका छन् । ठाउँठाउँमा विद्यार्थी, युवा तथा प्राज्ञिक व्यक्तिहरूले समेत विरोध गरिरहेका छन् । यसअघि उक्त ढुङ्गाबारे खासै चर्चा थिएन । तर, केही साताअघि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले दिनुभएको एक अभिव्यक्तिलाई उक्त ढुङ्गासँग जोडिएपछि यसले राजनीतिक तथा सामाजिक क्षेत्रको पारो तताइरहेको छ । प्रधानमन्त्रीले खुवालुङ भनेर विश्वास गरिएको ढुङ्गा फुटाउने भन्नुभएको छैन । उहाँले अरूण नदीमा हाल सञ्चालन भइरहेको जेटबोटको मार्गलाई अझ सुविधासम्पन्न बनाउने प्रसङ्ग आउँदा त्यहाँ एउटा ढुङ्गा अवरोध भइरहेकाले उक्...

फोनिज प्रदेश नम्बर १ को दोस्रो प्रदेश भेला सम्पन्न

Image
  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनज) प्रद्येश नम्बर १ समितिको दुई दिने भेला महत्त्वपूर्ण १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित वडा नम्बर ७ को रसा तालमा फागुन २१ र २२ गते भएको भेलालाई फोनिज सङ्घीय समितिका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, सचिवद्वय मिलन लिम्बू र कमन देवान लगायत फोनिज नेताहरुले सम्बोधन गरेका थिए । भेलाको उद्घाटनमा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतम, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं १ का महासचिव तिलक राई, फोनिज प्रदेश १ इन्चार्ज दिपिन राई, नेपाल प्रेस युनियनका लीलाबल्लभ घिमिरे, प्रेस संगठनका लीलाराज भट्टराई, सङ्घीय प्रेस मञ्चका दिलकुमार लावती, प्रेस मञ्च, नेपालका राम योङ्हाङ, फोनिजका सङ्घीय सल्लाहकार सञ्जय सन्तोषी राई, सम्मानित अग्रज पत्रकार गोपाल देवान लगायतले बोलेका थिए । फोनिजका नेताहरुले आसन्न पत्रकार महासंघको निर्वाचनमा समावेशी प्रतिनिधित्वको लागि जोड दिएका थिए भने किरात समुदायको मुन्धुमी महत्त्वको क्षेत्र खुवालुङ अतिक्रमणको विरोध र थरुहट आन्दोलनका अुगवा रेशम चौधरीलाई रिहाई गर...

किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक

Image
  किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक किराँत याक्खा जाति अरु विभिन्न किरातहरु जस्तै एक छुट्टै किराँत हो जस्तै अरु विभिन्न किराँतमा किराँत राई यायोक्खा , किरात याक्थुम चुम्लुङर किराँत सुनुवार भने जस्तै किराँत याक्खा छुम्मा रहेको छ।यो किराँत याक्खा भित्र पनि विभिन्न उपजातिहरु रहेका छन् । जस्तो की जिमी याक्खा, देवान याक्खा, छाला याक्खा, चारकोले याक्खा , सुखिम याक्खा, लिंखा याक्खा, कोन्ग्रेन याक्खा, लिम्बुखिम याक्खा, लुम्वा याक्खा, कोयोन्गवा याक्खा, होहोन्गवा याक्खा, मरेनहांग याक्खा, खाम्याहांग याक्खा, थायुम याक्खा, सोम्याहान्ग याक्खा, सोन्ग्रेन याक्खा, तुम्याहांग याक्खा, हाम्बोन्ग याक्खा, आदि रहेका छन्। यसमा पनि छुट्नुभएका अरु याक्खा उप जातिहरुलाइ खोज अनुसन्धनको अभावमा समेट्न सकिएन जुन जुन छुटेकाहरु हुनुहुन्छ उहाँहरु सम्पूर्णलाइ आगामि दिनहरुमा समेट्दै लैजानु जरुरी छ। हिजो हामी अल्पसंख्याकमा परेका थियौ हाम्रो जनसंख्या कम भएको कारणले हामी ओझेलमा परिरहेका थियौ । समयको गति संगै विस्तारै विस्तारै हाम्रो वास्तविकता के हो? हामी को हौ? भन्ने कुरो खोज्दै जाने क्रममा हाम्रो...

आदिवासी सांस्कृतिक अधिकारबारे छलफल सम्पन्न, धराने कालो बंगुर र तीनपाने जस्तै गोरुको मासु पनि ब्राण्डिङ गर्न आग्रह

Image
श्रावण ५, २०७७ – धरानमा सांस्कृतिक अधिकार संरक्षण समितिद्धारा आयोजित सम्मान तथा छलफल कार्यक्रम आज सम्पन्न भएको छ । धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित उक्त कार्यक्रममा आदिवासी सांस्कृतीक अधिकार विषयक छलफल भएको थियो । नेपालको संविधान २०७२ मा मुलुक धर्म निरपेक्ष भएता पनि संविधान सँग बाझिने ऐन, कानुनहरु बनाएर सरकारले आदिबासी जनजाती समुदायका सांस्कृतिक अधिकारमा धावा बोल्दै आएको अधिकारकर्मीको भनाइ थियो । नेपाल आदिबासि जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले कार्यक्रममा बोल्दै भने मुलुकी ऐन २०७४ ले मासु खान नहुने चौपाया गोरुलाई पनि राखेर गोरु लाई पनि राखेर गोरु काटेको कसुरमा ३ वर्ष जेल सजाय तोकिएको छ । यो सरासर जनजातिको संस्कारमा प्रचलन हुँदै आएका परम्परा लाई प्रतिबन्ध गरेको बताए । नेपालमा आदिवासी जनजातिहरुको संस्कारमा गोरुको मासु अत्यावश्यक थियो, निरकुंश शासन सत्ताले हाम्रो परम्परालाई विस्थापन गर्दैै कानुनि रुपमा प्रतिवन्ध लगाएको थियो अब यो प्रतिबन्धलाई तोड्नु आवश्यक रहेको उनले बताए । उनले थपे त्यसको विरुद्धमा धरान बाट सांस्कृतिक अधिकार संरक्षण समितिले सुरु गरेको ...

याक्खा जाती सम्बधी जानकारी मुलक अन्तरवार्ता रंगकर्मी, सञ्चारकर्मी, साहित्यकार तथा सामाजिक अभियन्ता गाेपाल देवानकाे साथमा

Image
याक्खा जाती सम्बधी जानकारी मुलक अन्तरवार्ता रंगकर्मी, सञ्चारकर्मी, साहित्यकार तथा सामाजिक अभियन्ता गाेपाल देवानकाे साथमा कार्याक्रम याक्खा सेराेफेराे।