Posts

Showing posts from June, 2020

याक्खा जातिका केही बाजा र नृत्यहरु

Image
याक्खा जाति मौलिक संस्कृतिमा धनी जाति हो भन्ने कुरा यस जातिमा पाइने डोकेनी लाक, केइलाक, तेन्ताम्मा, पिसिक आप्मालगायत अन्य विविध सांस्कृतिक पक्षहरुबाट स्पष्ट हुन्छ । स्वभावले नै आदिवासी जनजाति नाचगान प्रिय हुन्छन । यसबाट आदिवासी जनजातिहरुमा सांस्कृतिक विविधता र विरासत पनि थपिदै जान्छ । कुनै पनि जातिको सांस्कृतिक सम्पदा वा विरासतको कुरा गर्दा उनीहरुको बाजागाजा, गीत, नृत्य आदिको कुरा आउँछ अर्थात् यी कुराहरु सांस्कृतिक सम्पदाका दृष्टान्त हुन् ।   समयको अन्तराल र राज्यपक्षको विभेद र दमनका कारण याक्खा जातीय थुप्रै बाजागाजा र नृत्यहरु आज अतीतको अज्ञात गर्भभित्र हराइसकेका छन् र जे जति छन्, तिनीहरु पनि संरक्षणविहिन अनि लोपोन्मुख अवस्थामा छन् । यस सन्दर्भमा याक्खा जाति आफ्ना सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनमा लाग्नु पर्ने गम्भीर आवश्यक्ता महसूस हुन्छ । विशेषतः युवा याक्खाहरुको काँधमा याक्खा जातीय सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्वद्र्धनको ऐतिहासिक जिम्मेवारी रहेको छ भन्दा कुनै अत्युक्ति हुँदैन । अग्रज पुस्ताबाट सोधीखोजी गर्नु र आफ्ना गाउ“घरहरुमा विलोपीय अवस्थामा रहेका बाजागाजा तथ...

कालिम्पोङमा प्रथम अखिल भारतीय याक्खा (देवान) भेला

Image
किरात याक्खाहरु नेपालका आदिवासी जनजाति हुन् । विगत ४ हजार वर्षदेखि किरात याक्खाहरु नेपालमा बसोबास गर्दै आएको कुरा इतिहास र नृवंशशास्त्रले बताउँदछ । विभिन्न कालखण्डमा तिब्बत र गंगातटसम्म राज्य चलाएका र विस्तार भएका याक्खाहरु श्रीलङ्कामा याक्खो जातिका रुपमा पनि राज्य संचालन गर्न पुगेका थिए ।  पृथ्वीनारायण शाहले तथाकथित राष्ट्रिय एकीकरणको नाममा अन्य जातिका भाषा, धर्म, संस्कृति तथा इतिहासलाई मास्दै र जातीय हत्या (Genocide) गर्दै वि.सं. १८३१ मा संखुवासभाको याक्खाभूमि चैनपुर छलपूर्वक कब्जाएपछि आफ्नो मूलथलो संखुवासभाबाट युद्धीय विभीषिका र शाह सैनिकहरुको ज्यादती र अत्याचार सहन नसकी धनकुटा, पाँचथर, इलाम हुँदै दार्जिलिङ, सिक्किम र नागाल्याण्डसम्म पुगेका देखिन्छन् ।  नेपालको एकात्मक तथा जातीय एकाधिकारवादी राज्यको उत्पीडन, शोषण र अत्याचारका कारण भारतको दार्जिलिङ तथा सिक्किममा बसाइ“ हिडेका हाम्रा याक्खा बन्धुहरुसित भाग्यवश २०६० साल असोज ३ गते तद्नुरुप २००३ सेप्टेम्बर २० तारिखका दिन पुनः रगतको साइनो जोड्ने र वंशीय एकता कायम गर्ने सौभाग्य प्राप्त भयो । उक्त दिन विशेषतः कालेम्पोङका याक्...

याक्खा समुदायमा ‘बलि राजाको हुकुम’ Yakhha culture

Image
भीम देवान सङ्खुवासभा, “सत्ययुगको कुरो, एक समय बलि राजा सिकिस्त बिरामी परेछन् रे । उपचारका अनेक बिधि गर्दा पनि राजालाई ठिक भएनछ । जनता साह्रै चिन्तित भए । उनीहरुले राजाको स्वास्थ्य लाभको कामना गर्दै देवीदेवता भाके, पूजा गरे । नभन्दै केही समयपछि राजालाई ठिक पनि भयो । राजालाई सन्चो भएको थाहा पाएपछि दरबारमा जनताहरु भीड लागे । राजाले हुकुम दिए, ‘तिमीहरुको आशिर्वादले म बाँचे, यो खबर सबैलाई सुनाईदिनु’ । उपस्थित भएकाहरु यो शुभ खबर लिएर नाचगान गर्दै घरघर पुगे । राज्यभरि दीपावली भयो ।” याक्खा समुदायमा तिहार र देउसी–भैलोको उत्पत्तिबारे यो लोकोक्ति प्रचलित छ । भैलेनीहरु अझै गाउँछन्, ‘हामी त्यसै आएनौ, बलिराजाले पठा’को, औंसीको दिन गाईतिहार भैलो’ । देउसेहरुको देउसीरेले पनि यस्तै व्यहोरा बोल्छ । संखुवासभा जिल्लालाई मुलभूमि मान्ने आदिवासी याक्खा जातिमा तिहारको महत्व बिशेष छ । परापुर्वकालदेखि तिहार मान्दै आएका याक्खाहरु अहिले पनि उत्तिकै उल्लासका साथ तिहार मनाउँछन् । जबकि नेपालीहरुको महान चाड भनिने दशैं भने सुनसान हुने गर्दछ । २०५० सालताका मार काट्ने र टिका लगाउने प्रचलन छोडिएसँगै दशैंमा आफन्त भेटघाट ...

"मातृभाषा शिक्षा नीती तथा पठानपाठनमा याक्खा भाषा" एंवम समसामयिक बिषयमा छलफल

Image
Zoom अन्तरकृया कार्यक्रम "मातृभाषा शिक्षा नीती तथा पठानपाठनमा याक्खा भाषा" एंवम समसामयिक बिषयमा छलफल अतिथि हरू किरात याक्खा छुम्मा केन्द्रीय महासचिप दिपक याक्खा । महिला याक्खामा याप्सेन अध्यक्ष इन्दीरा जिमी । अदिवासि महिला महासंघ तथा छुम्मा सचिव शान्ती देवान । प्रध्यपक धनकुटा बहुमुखी क्याम्पस टिका राम लिंखा । उपस्थीती किरात याक्खा विध्याथी संघ