कालिम्पोङमा प्रथम अखिल भारतीय याक्खा (देवान) भेला



किरात याक्खाहरु नेपालका आदिवासी जनजाति हुन् । विगत ४ हजार वर्षदेखि किरात याक्खाहरु नेपालमा बसोबास गर्दै आएको कुरा इतिहास र नृवंशशास्त्रले बताउँदछ । विभिन्न कालखण्डमा तिब्बत र गंगातटसम्म राज्य चलाएका र विस्तार भएका याक्खाहरु श्रीलङ्कामा याक्खो जातिका रुपमा पनि राज्य संचालन गर्न पुगेका थिए । 

पृथ्वीनारायण शाहले तथाकथित राष्ट्रिय एकीकरणको नाममा अन्य जातिका भाषा, धर्म, संस्कृति तथा इतिहासलाई मास्दै र जातीय हत्या (Genocide) गर्दै वि.सं. १८३१ मा संखुवासभाको याक्खाभूमि चैनपुर छलपूर्वक कब्जाएपछि आफ्नो मूलथलो संखुवासभाबाट युद्धीय विभीषिका र शाह सैनिकहरुको ज्यादती र अत्याचार सहन नसकी धनकुटा, पाँचथर, इलाम हुँदै दार्जिलिङ, सिक्किम र नागाल्याण्डसम्म पुगेका देखिन्छन् । 
नेपालको एकात्मक तथा जातीय एकाधिकारवादी राज्यको उत्पीडन, शोषण र अत्याचारका कारण भारतको दार्जिलिङ तथा सिक्किममा बसाइ“ हिडेका हाम्रा याक्खा बन्धुहरुसित भाग्यवश २०६० साल असोज ३ गते तद्नुरुप २००३ सेप्टेम्बर २० तारिखका दिन पुनः रगतको साइनो जोड्ने र वंशीय एकता कायम गर्ने सौभाग्य प्राप्त भयो । उक्त दिन विशेषतः कालेम्पोङका याक्खा विद्वान डा. डि.बी.देवानको पहलमा दार्जिलिङ र सिक्किमका याक्खाहरुको वृहद् सहभागितामा कालेबुङको टाउनहलमा प्रथम ऐतिहासिक याक्खा देवान भेलाको आयोजना भएको थियो ।
प्रथम अखिल भारतीय याक्खा देवान भेला नाम दिइएको सो भेलामा हामीलाई तेताबाट निमन्त्रणा आएबमोजिम नेपालबाट हामी मागमान लिङखा (किरात याक्खा छुम्माका तत्कालिन केन्द्रीय सदस्य), गोपाल देवान (किरात याक्खा छुम्माका तत्कालिन केन्द्रीय सदस्य), तत्कालिन सुनसरी छुम्माका सचिव सन्त लिङखा र तुम्होक–४, तेल्लोकका सि.के. याक्खा कोयोङवा सहभागी भएका थियौं ।
हामीलाई सो भेलामा सहभागी हुने सौभाग्य कागताली अर्थात संयोगवश मिलेको थियो । उक्त सौभाग्य कालेम्पोङका जीवन बेघा भन्ने एकजना भाइले जुराइदिएको थियो । हाल जीवन भाइ दिगवंत भइसकेका छन् । उनलाई हार्दिक श्रद्धमञ्जलीसहित धन्यवाद दिन चाहान्छु । उनी मेरा प्रिय भाइ थिए । त्यसबेला जीवन भाइ धरानमा आएर बोर्डिङ स्कुल पढाउने काम गथ्र्यो र मेरोे छिमेकमा घरभाडामा बस्ने गथ्र्यो । उनी डा. डिक बी. देजानज्यूको विद्यार्थी रहेछ । एकदिन धरानका केही याक्खाहरुसित याक्खा देवानको भाषा, धर्म र संस्कृतिका बारेमा छलफल चलिरहेको बेला उनी पनि थिए, उनले डा.डिक बी. देवान र उनका साथी किशोर देवानको कुरा उप्काउँदै उहा“हरु पनि याक्खा देवानका बारेमा ज्यादै चिन्ति रहेको र कालिम्पोङमा सक्रिय काम गरिरहेको बताए । उनको कुरा सुनेपछि मैले खुशी व्यक्त गर्दै ‘लु न त भाइ, हामीलाई सम्पर्क गराइदेऊ’ भनेर आग्रह गरें । उनी छुट्टीमा कालिम्पोङ गएका बेला डा. डिक बी.देवानज्यू र किशोर देवानजीसित कुरा गरेर भेलाको निमन्त्रणा नै लिएर फर्केछ । यसरी हामी भेलामा निमन्त्रित भएका थियौं ।      
हामी चारजना भेलामा उपस्थित भयौ । हाम्रो त्यहा“ जुन स्वागत तथा सत्कार भयो, त्यो अविस्मरणीय थियो । आफ्नो जातीय पुख्र्यौली थलोबाट निमन्त्रणाअनुसार आइदिएकोमा डा. डिक बी. देवानज्यू ज्यादै पुलकित र खुशी हुनु भएको थियो । त्यहा“सम्म हामीलाई पु¥याउने पनि जीवन बेघा भाइ नै थियो । भेलाको अघिल्लो दिन कालिम्पोङ पुगेका हामी डा. डिक बी. देवानज्यूको पेदोङस्थित घरमा बस्यौं । भोलिपल्ट कार्यक्रम स्थल कालेबुङको टाउनहलमा गयौं ।  त्यहा“ दार्जिलिङ र सिक्किमका विभिन्न ठाउँहरुबाट आफ्ना नीजी गाडीहरुमा उत्साहका साथ याक्खा देवानहरु भेला हुनुभएको थियो । टाउन हल पूरै भरिएको थियो ।
सिक्किमबाट बहुमुखी प्रतिभाका धनी, विद्वान तथा राजनीतिक हस्ती श्री रतनकमल देवान, तत्कालिन सिक्किम सरकारका गृह सचिव सि.पी. देवान, सुनिता देवानज्यूलगायतका व्यक्तित्वहरु, मिरिकका याक्खा विद्वान तथा अग्रज एल.बी. देवानज्यू, गिंग बस्तीबाट याक्खा विद्वान तथा लेखक एस.एन. देवानज्यू, कालेम्पोङका प्रसिद्ध वकिल तथा याक्खा प्रभाकर देवानज्यू, स्थानीय समाजसेवी तथा याक्खा चिन्तक गुणवती देवानज्यूलगायत सयौ याक्खाहरुले टाउनहल भरिएको थियो । भेला डा. रतनकमल देवानज्यूको सभाध्यक्षतामा डा. डिक बी. देवानज्यूले सञ्चालन गर्नुभएकोे थियो भने  प्रभाकर देवानज्यूले याक्खा देवानहरु एकजूट हुनुपर्ने भावनासहित स्वागत मन्तव्य राख्नुभएको थियो । 
भेलामा सिक्किमका सि.पी. देवानज्यू र मिरिकका एल.बी. देवानज्यूले सारगर्भित मन्तव्य व्यक्त गर्नुभएको थियो । सि.पी.देवानज्यूले सिक्किममा पनि याक्खा देवानहरु छरिएर रहेकाले उनीहरुलाई एउटै छातामुनि ल्याउनुपर्ने धारणा राख्नुभएको थियो भने एल.बी.देवानज्यूले बडो गरमजोशीका साथ याक्खा देवानहरु अब आफ्नो भाषा, धर्भ र संस्कृतिका लागि जुरुक्क उठ्नुपर्ने संभाषण दिनुभएको थियो । भेलामा मैले याक्खा जातिको चिनारी, प्राचीन इतिहास, राज्यले गरेको उत्पीडन र दमनकारी व्यवहार, नेपालमा याक्खाहरुको अवस्थिति र पहिचानका लागि जुर्मुराइरहेको अवस्थाबारे र मागमान लिङ्खाज्यूले याक्खाको धार्मिक, भाषिक तथा सांस्कृतिक पक्षहरुबारे जानकारी  दिनुभएको थियो ।
डिक.बी.देवानज्यूले कार्यक्रम सञ्चालनको क्रममा नेपालमा केही देवानहरुले आफूलाई याक्खा जाति नभएको भन्दै अलग जाति बनाउन खोजेको भन्ने सुन्नमा आएको हुँदा आफूलाई ज्यादै दुःख लागेको जनाउ“दै भारतको दार्जिलिङ तथा सिक्किममा बसोबास गर्ने याक्खाहरुले ‘देवान’ लेखे तापनि त्यो अलग जातिको मान्यतामा नभएर भारतमा ‘देवान’ नै याक्खा जातिको पहिचानको रुपमा स्थापित भएकोे र ‘देवान’ लेख्तामात्र चिनिेने हुँदा ‘देवान’ लेखिएको तर ‘देवान’ लेखिए तापनि सबै याक्खा वंशकै भएको सगर्व अवगत गराउनु भएको थियो ।    
अन्तमा, डा. रतनकमल देवान, डा. डिक. बी. देवान, सि.पी.देवान, एल.बी. देवान, एस.एन.देवान, उपस्थित याक्खा देवानहरु र हामीले आपसमा वृहद् छलफल गरेर भारतमा रहेका याक्खा देवानहरुलाई संगठित गर्दै आफ्नो अस्तित्व, पहिचान, भाषा, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि अखिल भारतीय देवान याक्खा संघ स्थापना गर्नु पर्ने निचोड निकाल्यौं । भारतको दार्जिलिङ र सिक्किममा रहेका याक्खा देवानहरुको प्रथम ऐतिहासिक भेलाको ऐतिहासिक निर्णय थियो त्यो । सोही निर्णयअनुसार चैत्र २८ र २९ गते भारतको दार्जिलिङस्थित गोर्खा दुःख निवारण संघको भवनमा सम्पन्न प्रथम सम्मलेन आयोजना गरी अखिल भारतीय किरात याक्खा देवान संघ स्थापना भई दार्जिलिङ र सिक्किमका गाउँगाउँ÷वस्तीवस्तीमा फैलिएको छ, फैलिरहेको छ र सबै प्रवासी याक्खा देवानहरु याक्खा जातीय गौरव र पहिचानका लागि एकजूट भएर लागिरहेका छन् । 
प्रथम ऐतिहासिक भेलामा सहभागी भएका याक्खा देवानहरुबारे सबैलाई जानकारी होस् र इतिहासको रुपमा सङ्ग्रह गर्न सकियोस् भनेर उपस्थिति खातामा लेखिएका नाम र ठेगाना यहाँ प्रस्तुत गरिएको छ ः  

क्र.सं.  नाम         ठेगाना
१.  डा. रतनकमल देवान    गान्तोक, डेभलभमेण्ट एरिया 
२.  डा. डिक बी. देवान लिङ्खा कालेबुङ, पेदोङ 
३.  सी.पी. देवान एयोकहाङ गान्तोक, तादोङ
४.  प्रभाकर देवान अठपरे         कालेबुङ, 
५.  गुणवती देवान नाम्मेकहाङ         कालेबुङ
६.  एल.बी. देवान नाम्मेक         मिरिक, कृष्णनगर
७.  सुनिता देवान गान्तोक, रातेपानी, बाछोखोला
८.  प्रणय देवान गान्तोक, डेभलभमेण्ट एरिया 
९.  प्रेमराज देवान  गान्तोक, डेभलभमेण्ट एरिया
१०.  धर्म देवान कोयोङबा गान्तोक, छमाइल 
११.  कल्याण देवान गान्तोक, डेभलभमेण्ट एरिया
१२.  सुरेश देवान ताम्ली गान्तोक, टि.एन.ए.
१३.  पुरन देवान ताम्ली कास्योन वस्ती, पेदोङ
१४.  मदन देवान लिङ्खा कास्योन वस्ती, पेदोङ
१५.  देवबहादुर देवान         झोलङ, जलदह
१६.  अनिलकुमार देवान
१७.  आनन देवान छालाहाङ नामरेङ
१८.  जंगवीर देवान कोयोङ्बा नामरेङ
१९.  विष्णुकुमार देवान कोयोङ्बा         नामरेङ
२०.  मनबहादुर देवान लिङ्खा पेदोङ
२१.  जीवनदास देवान  इष्टमेन रोड
२२.  आसबहादुर देवान लिङ्खा कास्योङ 
२३.  भीमबहादुर देवान लिङ्खा कास्योङ, साम्दो–२
२४.  टिकाराम देवान केच्छेवा सुरुक, लोवरदोङ
२५.  कर्णबहादुर देवान लिङ्खा अलगडा
२६.  जीतबहादुर देवान लिङ्खा कास्योङ वस्ती
२७.  कृष्णकुमारी देवान लिङ्खा कास्योङ वस्ती
२७.  आइराम देवान लिङ्खा कास्योङ वस्ती
२८.  देवराज देवान लिङ्खा         तकदह, चियाबारी
२९.  कमल देवान लिङ्खा तकदह, चियाबारी
३०.  पूर्ण देवान कोयोङ्वा नामरिङ
३१.  तिलक देवान कोयोङ्वा नामरिङ
३२.  दिपेन देवान लिम्बुखिम तकदह
३३.  गञ्जबहादुर देवान कोयोङ्वा         नामरिङ
३४.  श्रीमेवी देवान पुत्लुहाङ  छमाइल
३५.  दिलिप देवान लिम्बुखिम दुवडपानी, तकदह
३६.  टेकमान देवान 
३७.  सुकवीर देवान उलुम्बाङ कुमइ खस वस्ती
३८.  रिगेन्ट्रा देवान माखरुपा  कुमइ खसवस्ती
३९.  सुभास देवान कोङ्रेन कुमइ खसवस्ती
४०.  सुरेश देवान लिङ्खा कुमइ खसवस्ती
४१.  तीर्थसिंह देवान लुम्बा         तकदह
४२.  निरु देवान लुम्बा तकदह
४३.  महेश देवान लुम्बा
४४.  गौराज देवान लिङ्खा तकदह
४५.  शरण देवान लिङ्खा तकदह
४६.  सि.पी.देवान लिम्बुखिम तकदह
४७.  किस्मत देवान  मिरिक, सौरेनी
४८.  बसन्त देवान लिम्बुखिम समालबुङ
४९.  विमल देवान लिङ्खा तकदह
५०.  प्रभात देवान हाङचुवा मिरिक
५१.  अनिर देवान कोयोङवा         छ माइल
५२.  सुरेश देवान लिङ्खा तकदह
५३.  सन्चलाल देवान लिङ्खा कास्योन
५४.  मित्रमान लिङ्खा कास्योन
५५.  अम्बर देवान लिङ्खा कास्योन
५६.  मणिप्रसाद देवान इयोकहाङ         साक्माङ
५७.  अमृतदेवान छुकिम्माहाङ दिकलम
५८.  सुशील देवान छुकिमहाङ नामरिङ
५९.  विजय देवान ययोकहाङ पेदोङ
६०.  कल्याण देवान ययोकहाङ         कालेबुङ
६१.  सन्तोष देवान कोङरेन         तुङसुङ
६३.  रविचन्द्र देवान लिङखा प्रधाननगर, सिलिगुढी
६४.  अशोक देवान माखरुपा प्रमिथस पथ
६५.  पुण्यकुमारी नाम्मेकहाङ         छिपवस्ती, कालेबुङ
६६.  सुरेश देवान लिङ्खा कुमइवस्ती, बगान
६७.  पि.वी.देवान लिङ्खा  इन्छोवस्ती
६८.  बमबहादुर याक्खा लिङ्खा  कास्योन 
६९.  एन.पी.देवान कोयाहाङ         मंगलडाँडा
७०.  आइराम लिङ्खा         कास्योन
७१.  वीरकुमार देवान आठपरे गौखस, औसथीबगान
७२.  किशोर देवान उलुम्बाङ पेदोङ
७३.  पी.एम. देवान ताम्ली अपरदलेप
७४.  एस.एन.देवान कोङ्रेन गिंग कमान
७५.  इन्द्रबहादुर देवान मोरेक  गिंग कमान
७६.  दिलबहादुर देवान मोरेक गिंग कमान
७७.  अकबर देवान मोरेक गिंग कमान
७८.  पूर्णराज देवान मोरेक गिंग कमान
७९.  ध्रुव देवान वेयोकहाङ गिंग कमान
८०.  सूर्यबहादुर फाङफू सिंगपारी
८१.  अमृत देवान कोङयेन गिडा
८२.  नामलाल याक्खा मोरेक  गिडा
८३.  कृष्ण देवान कोङरेन गिडा
८४.  प्रणय देवान कोङरेन गिडा
८५.  देव देवान कोङरेन गिडा
८६.  देविका देवान कोङरेन         गिडा
८७.  किशोर देवान हाङचुवा         मिरिक
८८.  धनेषचन्द्र देवान पुत्लुहाङ कालेबुङ
८९.  गोपाल देवान धरान–१२, सुनसरी
९०.  मागमान लिङ्खा तुम्होक–५, संखुवासभा
९१.  सन्त लिङखा धरान–७, सुनसरी
९२.  सि.के. याक्खा कोयोङवा तुम्होक–४, तेल्लोक
९३.  जयन देवान कोङरेन  गिंगकमान

गोपाल देवान, धरान
९८४२०३९४५१ 
semmangbis@gmail.com

Comments

Popular posts from this blog

पूर्व तताइरहेको ढुङ्गा "खुवालुङ"

याक्खा समुदायमा ‘बलि राजाको हुकुम’ Yakhha culture

किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक