Posts

Showing posts from July, 2020

आदिवासी सांस्कृतिक अधिकारबारे छलफल सम्पन्न, धराने कालो बंगुर र तीनपाने जस्तै गोरुको मासु पनि ब्राण्डिङ गर्न आग्रह

Image
श्रावण ५, २०७७ – धरानमा सांस्कृतिक अधिकार संरक्षण समितिद्धारा आयोजित सम्मान तथा छलफल कार्यक्रम आज सम्पन्न भएको छ । धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित उक्त कार्यक्रममा आदिवासी सांस्कृतीक अधिकार विषयक छलफल भएको थियो । नेपालको संविधान २०७२ मा मुलुक धर्म निरपेक्ष भएता पनि संविधान सँग बाझिने ऐन, कानुनहरु बनाएर सरकारले आदिबासी जनजाती समुदायका सांस्कृतिक अधिकारमा धावा बोल्दै आएको अधिकारकर्मीको भनाइ थियो । नेपाल आदिबासि जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले कार्यक्रममा बोल्दै भने मुलुकी ऐन २०७४ ले मासु खान नहुने चौपाया गोरुलाई पनि राखेर गोरु लाई पनि राखेर गोरु काटेको कसुरमा ३ वर्ष जेल सजाय तोकिएको छ । यो सरासर जनजातिको संस्कारमा प्रचलन हुँदै आएका परम्परा लाई प्रतिबन्ध गरेको बताए । नेपालमा आदिवासी जनजातिहरुको संस्कारमा गोरुको मासु अत्यावश्यक थियो, निरकुंश शासन सत्ताले हाम्रो परम्परालाई विस्थापन गर्दैै कानुनि रुपमा प्रतिवन्ध लगाएको थियो अब यो प्रतिबन्धलाई तोड्नु आवश्यक रहेको उनले बताए । उनले थपे त्यसको विरुद्धमा धरान बाट सांस्कृतिक अधिकार संरक्षण समितिले सुरु गरेको ...

याक्खा जाती सम्बधी जानकारी मुलक अन्तरवार्ता रंगकर्मी, सञ्चारकर्मी, साहित्यकार तथा सामाजिक अभियन्ता गाेपाल देवानकाे साथमा

Image
याक्खा जाती सम्बधी जानकारी मुलक अन्तरवार्ता रंगकर्मी, सञ्चारकर्मी, साहित्यकार तथा सामाजिक अभियन्ता गाेपाल देवानकाे साथमा कार्याक्रम याक्खा सेराेफेराे।

आदिवासी जनजाति प्रतिष्ठानको समीक्षा गर्दै योजना बनाउन कार्यदल

Image
ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापनादेखि हालसम्म भएका कामहरुको समीक्षा तथा पुनरावलोकन गर्दै आगामी कार्यक्रमको प्रस्ताव तयार पार्न कार्यदल गठन गरिएको छ । प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले ‘प्रतिष्ठान स्थापना भएदेखि अहिलेसम्म भएका कामहरुको समीक्षा तथा पुनरावलोकन गर्दै आगामी कार्यक्रम प्रस्ताव तयार’ गरी पेश गर्नका लागि ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । प्रतिष्ठानको सबै महाशाखा, शाखा र अधिकृतहरु प्रमुख सदस्य रहने गरी गठन गरिएको कार्यदलले साउन १५ सम्म प्रतिवेदनको मस्यौदा तयार गर्नेछ । त्यस्तै, साउन २५ सम्म आदिवासी जनजाति महासंघ र आदिवासी जनजातिहरुको महासंघीय संरचना भएका महिला, पत्रकार, युवा, बिद्यार्थी, चलचित्रकर्मी, अपाङ्ग महासंघसँग छलफल गर्ने कार्ययोना तय गरिएको संयोजक पुनले बताए । साउन ३० गतेसम्म सन्चालक परिषद्को उपलब्ध सदस्यहरु र प्रतिष्ठानको पूर्वपदाधिकारी तथा आदिवासी जनजाति विज्ञहरूसँग छलफल गर्ने, भाद्र पहिलो हप्ताभित्र मन्त्री, मन्त्रालय र राष्ट्रिय योजना आयोग सहितको निकायहरुसँग छलफल गर्ने योजना बनाएको प्रतिष्ठानले जनाएको छ । प्र...

जागौ युवा, गाडौं जग, हामीले पुज्ने थाम सरि..

Image
  भाषा आफ्नै, धर्म आफ्नै, आफ्नै छ नि लिपि पनि यलम्बरको सन्तान हामी, गर्व गरौं #याक्खा भनी..  लेख्छौ राई, लेख्छौ लिम्बू आखिरमा #याक्खै हौ नी (न पत्याए खोजौ तत्थ्य, सत्य सबुत आझै छ नि)2..।  सस्कृतीको झल्को दिने डोकेनिको नाच हेर वन-पाखा घन्काई दिने च्याब्रुङको तरङ्ग सुन.. आखिर...(पुर्खाहरुले जोगएका, संस्कारमा छौ नि धनी)2 (चौडा छाती, उच्च सिर, झुक्न दिन्नौ अझै पनि)2 ।।  जागौ युवा, गाडौं जग, हामीले पुज्ने थाम सरि..  चिनारी दिऊ #याक्खा जातको, एक कान दुई कान संसार भरी...  (सोच बनाऊ, जोस बढाऊ, तपाई हामी यसैगरी)2 स्थीर रुपमा खडा गरौ #याक्खा जाती सधै भरी  (यसरीनै अघि बढौ #याक्खा समुदाय छदै छ नि)2 ।।। दिलिप जिमी  सह सचिव  किराँत याक्खा छुम्मा उपत्यका समिति  ललितपुर ।

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन

Image
नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो ।  बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त समितिको सहसंयोजकद्वय किसन राई–हङकङ र खुसी लिम्बू–बेलायत रहेका छन् । समितिको सदस्य सचिव कतारका शिव भुजेल रहेका छन् । युगेल तेन्डुप शेर्पा–दक्षिण कोरिया, रश्मी थापामगर–क्यानडा, मणी थेवे–अस्ट्रिया, हेम गुरुङ–पोर्चुगल, विनोद पोमो–अमेरिका, कुमार बलामी–यूएई र सुदर्शन थापामगर–अस्ट्रेलिया समितिमा सदस्य रहेका छन् ।  गत वर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रमा महासंघको विधान संशोधन गरी अन्तर्राष्ट्रिय सञ्जाल बनाइने समेटिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार उक्त सञ्जाल बनाउँन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको थियो ।  सम्मेलनकै अवसरमा विभिन्न देशका महासंघका प्रतिनिधिहरुको बैठकलेसमेत छ महिनाभित्र ...

याक्खा सांस्कृतिक टोलीको दार्जिलिङ र सिक्किमको यात्रा

Image
  याक्खा भाषा र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यअनुसार विभिन्न कारणवश भारतका दार्जिलिङ तथा सिक्किमका याक्खाहरुसँग सम्बन्ध गाँस्ने र त्यहाँसम्म याक्खा सांस्कृतिक पक्षहरु पु¥याउने कार्य किरात याक्खा छुम्मा, सुनसरी र याक्खा सांस्कृतिक उत्थान मञ्च, सुनसरी, धरानको संयुक्त पहलमा गत २०६० साल चैत्रमा सम्पन्न भएको थियो । यस सानो लेखमा सृतिस्वरुप सोही दार्जिलिङ, कालिम्पोङ, खार्साङ र सिक्किममा धराने याक्खा कलाकारहरुले सम्पन्न गरेको सांस्कृतिक यात्राबारे सङक्षेपमा वर्णन गरिएको छ ।       चैत्र २८ र २९ गते भारतको दार्जिलिङस्थित गोर्खा दुःख निवारण संघको भवनमा सम्पन्न अखिल भारतीय किरात याक्खा देवान संघको प्रथम ऐतिहासिक महासम्मेलनमा भाग लिन तथा याक्खा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न त्यहा“बाट निम्तो प्राप्त भएअनुरुप किरात याक्खा छुम्मा, सुनसरी र याक्खा सांस्कृतिक उत्थान मञ्चका १० सदस्यीय कलाकारहरु तत्कालिन कियाछु केन्द्रीय सदस्य तथा यासांउमञ्च। सुनसरीको अध्यक्षको हैसियतमा मेरो नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको थियो ।  सो याक्खा कलाकारहरुको टोलीमा कियाछु, सुनसरीका सदस्...

याक्खा जातीमा सिक आप्मा

Image
विश्वभरिका आदिवासी जनजाति समुदायमा आपसमा मिल्ने चार वटा कुराहरु मैले पाएको छु । ती चार कुराहरु हुन ः छालाको बाजा, सामूहिक नृत्य, रक्सीको प्रयोग र हतियारमा तीर–धनु । छालाको बाजा र तीर–धनुले आदिवासी जनजाति समुदायको शिकारी चरित्र वा मानव विकास क्रमको अवस्था जाहेर गर्दछ । रक्सीको प्रयोग औषधीय तथा सूरवीरताको सहायकको रुपमा भएको पाइन्छ भने सामुहिक नृत्यले आदिवासीको सामुहिक भावनाको प्रतिनिधित्व वा उद्बोधन गर्ने काम गर्दछ । सामुहिक नृत्यले शिकार प्राप्तिको खुशी पनि व्यक्त गर्दछ । भोकले प्याकप्याक्ती भएर खानाको प्रतीक्षा गरिरहेका आदिवासी समुदायका अगाडि तीर–धनुको सहाराले कयौ दिनपछि शिकार मारेर ल्याउ“दा स्वभाविक रुपमा शिकारवरिपरि उफ्रिने र खुशी व्यक्त गर्ने प्रक्रिया नै पछि गएर नृत्य बन्न पुगेको अनुमान गर्न सकिन्छ । त्यस्तै, शिकारको छालाबाटै बाजा बनाउने पहिलो प्रविधिको विकास भएको हुन सक्छ । ँमाथिका चारै वटा कुराहरु किरात याक्खा जातिमा पनि पाइन्छ । त्यसैले, किरात याक्खाहरु नेपालका आदिवासी जनजाति हुन् । तर आज याक्खा जातिको पहिचान सङ्कटग्रस्त बन्न पुगेको छ । कुनै पनि जातिको अलग पहिचान गराउने दुईवटा म...

तेन्ताम्मा (वृहद् गाउँपूजा, भूमेपूजा)

Image
याक्खा जातिका आफ्नै छुट्टै मौलिक धार्मिक–सांस्कृतिक पक्षहरुमध्ये याक्खाद्वारा परापूर्व कालदेखि मनाउँदै आएको सांस्कृतिक पक्ष तेन्ताम्मा पनि हो । यो पूजा पनि याक्खा समुदायले गर्ने प्रकृतिपूजाको एक रुप हो । विशेष गरी यो पूजा गाउँको शीर उठाउन आयोजना गरिने ‘बृहद् गाउँपूजा’ हो । यस पूजालाई ‘भूमेपूजा’ र ‘धुल पूजा’पनि भन्ने गरिन्छ । तेन्ताम्मा गरेपछि गाउँ र गाउँका मानिसहरु स्वस्थ र हावापानी तथा प्रकृति राम्रो हुने विश्वास याक्खा समुदायमा रहेको छ । यो पूजा खास यही तिथि या यही मितिमा गरिनुपर्छ भन्ने कुनै मान्यता छैन । त्यसैले २ वर्षदेखि लिएर १० वर्षभित्र पनि यो पूजाको आयोजना गर्न सकिने याक्खा पाघ्याम–माघ्यामहरु (बुढाबुढीहरु) बताउँछन् । पूजा आयोजना गर्ने कुरा परिस्थितिमा भर पर्दछ । जब गाउँमा अनावृष्टि, रोगव्याधी, अनिकाल, खेतीपातीमा ¥हासलगायत अन्य विपत्तिहरु बढ्दछन्, तब ती विपत्तिहरुलाई निराकरण गर्नका लागि गाउ“का पाघ्याम–माघ्यामहरु र मझिया(गाउँका मूली, प्रमुख) सँग सल्लाह गरी तेन्ताम्मा को आयोजना गरिन्छ । विपत्तिहरु बढ्नु गाउ“को शीर ढल्नुको अर्थमा लिई सबै खराबीहरुलाई पन्छाउँदै राम्रो र असल होस् भन्...

मर्चाको आविष्कारबारे याक्खा मिथक

Image
याक्खा जातिमा खावा (मर्चा)को ठूलो महत्व छ । विभिन्न पूजाआजा तथा पवित्र कार्यमा खावा (मर्चा) अनिवार्य रुपमा चाहिन्छ । खावा (मर्चा) मा वैज्ञानिक रुपमा औषधीय र एण्टिबायोटिक गुण हुन्छ । त्यसैले, हरेक एलोपैथिक औषधिमा केही प्रतिशत ‘अल्कोहल’ अर्थात् मर्चायुक्त रक्सी हुन्छ । छ महिने जाँडमा कीटाणु मार्न सक्ने एण्टिबायोटिक गुण हुने कुरा वैभानिक सत्य हो । याक्खा पुर्खाहरुले लामो समयको अनुभवबाट यो कुरा बुझेका थिए । उनीहरुले जाँडले घर सेचन गर्दा, घरको वरिपरि छर्किदा घर पवित्र (कीटाणुरहित, स्वस्थ) हुुन्छ भन्ने पत्तो लगाएका थिए । सोही कुरालाई मध्येनजर गरेर उनीहरुले पूजापछि जाँडले घर सेचन गर्ने प्रचलन चलाएका थिए । त्यही खावा अर्थात् मर्चाको आविष्कारबारे याक्खा जातिमा एउटा रोचक मिथक प्रचलनमा रहेको छ । याक्खा जातिमा खावा (मर्चा) को आविष्कारकको रुपमा रोघालाई मानिन्छ । याक्खा जातिमा खावा (मर्चा) को आविष्कारसम्बन्धी मिथक यस प्रकार रहेको छ ः      परापूर्व कालमा याक्खा समुदायका सुम्निमा१ र रोघा एकदम मिल्ने संगिनी थिए । उनीहरु एउटै गाउ“मा बस्दथे र आपसमा नङमासुजस्तो मिल्दथे । गाउँलेहरुले उनीहरुला...

डोकेनी लाक/साङ्दाङ लाक

Image
तिहारको लक्ष्मी पूजाको दिन याक्खा महिलाहरु डोको (डोक्कू,फासिङमा, थोङ्ङा) भित्र पसी बसेर घरघर गई नाचिने नृत्यलाई डोकेनीलाक्, डोकेमालाक अर्थात् साङदाङ लाक भनिन्छ । यो नृत्य नेपालका अरु कुनै पनि आदिवासी जनजतिहरुमा पाइन्न । त्यसैले यस नृत्यलाई याक्खा जातिहरुको विशिष्ट सांस्कृतिक विरासत मान्न सकिन्छ । डोकेनी लाक नाच्ने क्रममा याक्खा बूूढाबूढीहरुले डोकेनीलाई साखीसाप्माना (धागो कात्ने), तेआक्माना (तान बुन्ने) सम्बन्धमा विभिन्न प्रश्नहरु सोध्ने गर्छंन् । त्यसबेला डोकेनी, डोकेमा वा साङदाङराङमा बनेकी नारी पात्रले जवाफस्वरुप लट्ठीको कृत्रिम हातद्वारा विविध मुन्द्रा बनाई तान बुन्दा अपनाइने प्रक्रियाहरु प्रदर्शन गर्दछिन् । यो कुराले याक्खाहरु समाज विकासको क्रममा कृषि युगबाट क्रमशः कुटिर उद्योगतर्फ सङ्क्रमण हु“दै गरेको अवस्थालाई पनि सङ्केत गर्दछ । डोकेनी लाकमा एक वा एकभन्दा बढी अरु महिलाहरु छेमखुवा (ढटुवारे) बन्ने गर्छिन्, जसले डोकेनीको संरक्षण गर्दै विभिन्न हा“स्य अभिनयहरु गरेर दर्शकहरुलाई पेट मिची मिची ह“साउने गर्छिन् । यो नृत्य पूर्णरुपले विनोदप्रिय र हा“स्यात्मक प्रकृतिको हुन्छ । डोकेनी ल...