डोकेनी लाक/साङ्दाङ लाक




तिहारको लक्ष्मी पूजाको दिन याक्खा महिलाहरु डोको (डोक्कू,फासिङमा, थोङ्ङा) भित्र पसी बसेर घरघर गई नाचिने नृत्यलाई डोकेनीलाक्, डोकेमालाक अर्थात् साङदाङ लाक भनिन्छ । यो नृत्य नेपालका अरु कुनै पनि आदिवासी जनजतिहरुमा पाइन्न । त्यसैले यस नृत्यलाई याक्खा जातिहरुको विशिष्ट सांस्कृतिक विरासत मान्न सकिन्छ । डोकेनी लाक नाच्ने क्रममा याक्खा बूूढाबूढीहरुले डोकेनीलाई साखीसाप्माना (धागो कात्ने), तेआक्माना (तान बुन्ने) सम्बन्धमा विभिन्न प्रश्नहरु सोध्ने गर्छंन् । त्यसबेला डोकेनी, डोकेमा वा साङदाङराङमा बनेकी नारी पात्रले जवाफस्वरुप लट्ठीको कृत्रिम हातद्वारा विविध मुन्द्रा बनाई तान बुन्दा अपनाइने प्रक्रियाहरु प्रदर्शन गर्दछिन् । यो कुराले याक्खाहरु समाज विकासको क्रममा कृषि युगबाट क्रमशः कुटिर उद्योगतर्फ सङ्क्रमण हु“दै गरेको अवस्थालाई पनि सङ्केत गर्दछ । डोकेनी लाकमा एक वा एकभन्दा बढी अरु महिलाहरु छेमखुवा (ढटुवारे) बन्ने गर्छिन्, जसले डोकेनीको संरक्षण गर्दै विभिन्न हा“स्य अभिनयहरु गरेर दर्शकहरुलाई पेट मिची मिची ह“साउने गर्छिन् । यो नृत्य पूर्णरुपले विनोदप्रिय र हा“स्यात्मक प्रकृतिको हुन्छ । डोकेनी लाकमा छेम्खुवा बनेकी महिलाले अनुहारमा ध्वा“सो पोतेको वा अनुहारमा मकुण्डो लगाएकी हुन्छिन् र डाकेनीलाई देखाएर आफ्नी श्रीमती गर्भिणी भएको तर खाने लाउने पैसा नभएको मूक अभिनय गर्दै दर्शकहरुबाट पैसा उठाउने काम पनि गर्छिन् । यस नृत्यको हा“स्यात्मक प्रसङ्गहरुमा छेमखुवाले विभिन्न अश्लील हर्कतहरु पनि गर्छिन्, जसलाई सबैले हा“स्य रुपमा पचाउने गर्दछन् । यो नृत्यको एउटा मान्यता वा बाध्यता के  रहेको छ भने यसमा महिलाहरुमात्र सम्लग्न रहनु पर्दछ, पुरुषहरुको सहभागिता हुनु हु“दैन । डोकनी लाक  र त्यस क्रममा छेम्खुवाहरुले गर्ने हाँस्य अभिनयलाई दृष्टिगत गर्दा यो डोकेनी लाक नृत्यमात्र नभएर नाट्य प्रस्तुती जस्तो प्रतीत हुन्छ । त्यसैले, डोकेनी लाकलाई याक्खा जातिमा रहेको प्राचीन लोक नाट्य परम्पराको रुपमा पनि लिन सकिन्छ । प्रस्तुत छ, डोकेनी लाकको उत्पत्ति–कथा अर्थात् याक्खा जातिमा प्राचीन कालदेखि चलिआएको मिथक कथा !   
यो नाच अर्थात् डोकेनी लाकको उत्पत्ति र प्रचलनको बारेमा याक्खा बूढाबूढीहरुले गाउँघरमा रोचक किम्बदन्ती कथा अर्थात् मिथक कथा सुनाउ“छन् । मिथक कथाअनुसार परापूर्वकालमा याक्खाहरुको वस्तीमा ठूलो बाढी पहिरो गएको थियो । त्यसबेला काङ्बाकाङ्सेरेन .उलिप्पातेन (पुरानो गाउ“) मा सात रात, सात दिनसम्म अविरल झरी बर्षा भएको थियो । सो अविरल बर्षाका कारण उत्पन्न ठूलो बाढी पहिरोको प्रकोपमा परेर याक्खा घरगोठ, खेतीपाती, मान्छेलगायत गाउ“ नै बगेर ठूलो धनजनको क्षति भयो । सो प्रचण्ड प्राकृतिक प्रकोपका कारण त्यस गाउ“का याक्खाहरु ठूलो धनजनको क्षति भएका कारण घरबारविहीन हुन पुगी बिचल्नीमा समेत परे । त्यसरी बाढीपहिरोको प्रकोपबाट बचेका र बिचल्नीमा परेका याक्खाहरुले आफ्नो उद्धारका लागि आफूले पूजी मानिल्याएकी धनकी देवी ‘साङ्दाङ्राङमा’ (लक्ष्मी) लाई सेवानाक्माहा (हारगुहार) गरे । उनीहरुको सेवानाक्माहा सुनेर के आपत् विपत् आइलागेछ ? भनी साक्षात् ‘साङ्दाङ् राङ्मा’ प्रकट भइछन् । याक्खाहरुमा परेको प्राकृतिक प्रकोपको असहनीय मार र बिचल्नी देखेर साक्षात् ‘साङ्दाङराङमा’’  द्रवीभूत् भइन् । त्यसपछि ‘साङ्दाङराङमा’ ले के कारणले गर्दा याक्खाहरुमा यतिबिघ्न ठूलो प्राकृतिक प्रकोपको मार परेछ ? भन्ने बुझ्न प्रकृति र सुन्दरताकी देवी राजीराङ्मा लाई बोलाइछन् । ‘साङ्दाङराङमा’ को बोलावट पाएर ‘राजीराङमा’ पनि घटनास्थलमा साक्षात् प्रकट भइछन् । उनीसँग साङदाङराङ्माले याक्खाहरुमा किन यति विघ्न प्राकृतिक प्रकोप दियौँ त ? भनी सोध्दा राजीराङ्माले “याक्खाहरु प्रकृतिपूजक भएर पनि वनजङ्गल मासेर प्रकृतिको संहारमा लागेको, पुरुषहरुमा धेरै रक्सीजा“डको विकृतिलगायत अन्य विभिन्न खाले विकृतिहरु पनि बढ्दै गएको कारण चेतावनीस्वरुप प्राकृतिक प्रकोप प्रहार गरेको” बताछइन् । राजीराङमा’ को भनाइअनुसार याक्खाहरुमा आएको सबैभन्दा ठूलो विकृति आफ्नै रक्तसम्बन्ध (हाडनाता) मा बिहेबारी गरिनु एक थियो, जसका कारण पनि राजीराङ्मा रिसाएकी थिइन् । राजीराङ्माले रक्त सम्बन्धलाई उल्लङ्घन गर्नु पनि प्रकृतिको नियमविपरित जानु नै हो भन्ने जवाफ दिइछन् ।
राजीराङ्माको बयान सुनेपछि ‘साङ्दाङराङमा’  गम्भीर भइन् तर आफ्ना अनन्य भक्त याक्खा समुदायको बिचल्नीबाट द्रवीभूत् पनि थिइन् । त्यसैले उनले आइन्दा प्रकृतिको संहार नगर्ने र अन्य विकृतिहरुलाई पनि प्रश्रय नदिने बचनबद्धता याक्खाहरुलाई गराउ“दै सहयोग गर्ने  बचन दिइछन् । कस्तो प्रकारको सहयोग गर्ने र अब कसरी बिचल्नीमा परेका याक्खाहरुको उद्धार गर्ने भन्ने विषयमा साङदाङराङ्मा  राजीराङ्मासित विचारविमर्श गर्नपट्टि लागिछन् । याक्खाहरुले ‘साङ्दाङराङमा’ ले सीधै धनसम्पत्ति दिएर आफ्नो उद्धार गर्न अनुरोध गरेछन् ।  तर, त्यस विषयमा दुवै देवीहरुले गोप्य सल्लाह गरेर के निष्कर्ष निकाले भने ‘याक्खाहरुलाई धनसम्पत्ति सीधै दिएको खण्डमा उनीहरु अल्छी, अमेहनेती र स“धै अर्काकै मुख ताक्ने हुनेछन् । त्यसैले आपत्विपत् पर्दा एकअर्कालाई सहयोग गर्ने बानी बसाल्र्दै सहयोग संकलन अभियान शुरु गर्नु पर्छ ।’ दुवै देवीले सो कुरा याक्खाहरुसमक्ष राखेछन् । पहिले त याक्खाहरुले आनाकानी गरे तर दुवै देवीले सहयोग संकलन गर्दा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने र त्यसरी सहयोग संकलन गर्दा कसैलाई मार्का पनि नपर्ने कुरा सम्झाएपछि याक्खाहरु राजी भएछन् । तर, सहयोग अभियान कसरी सञ्चालन गर्ने र त्यसका लागि के के मनोरञ्जनात्मक उपायहरु अपनाउने भन्ने कुरामा अन्यौलता पैदा भयो । 
फेरि त्यसबारे दुई देवी र याक्खाहरुबीच लामो सरसल्लाह भयो । सबै याक्खाहरुले स्वयं ‘साङ्दाङराङमा’  र ‘राजीराङ्मा’ पनि  सो कार्यका लागि सहभागी हुनुपर्ने माग राखेछन् । याक्खाहरुको मागले दुवै देवीलाई अप्ठ्यारोमा पा¥यो । विशेष गरी यो अप्ठ्यारो साङदाङराङ्मालाई परेको थियो । सम्लग्न होउ“ भने सबैले चिनेर धनसम्पत्ति माग्ला भन्ने डर र नहोउ“ भने आफ्ना भक्तहरुको कर ? त्यसपछि फेरि दुई देवीहरुले सल्लाह गरेर ‘साङ्दाङराङमा’  कसैले नचिन्ने गरी डाकोभित्र पसेर नाच्ने र ‘साङ्दाङराङमा’ लाई कसैबाट दुव्र्यवहार नहोस् भन्ने हेतुले उनको रक्षाका लागि ‘राजीराङमा’ ले पुरुषको भेष बदली अनुहारमा ध्वा“सो पोतेर वा मुकुण्डो लगाएर छेमखुवा बन्ने निधो भएछ । सो कुरा याक्खाहरुले पनि सहर्ष स्वीकारेछन् र सबैको सल्लाहअनुसार विकृतिलाई कालो पक्ष मानी त्यसको विरुद्ध उज्यालोको प्रार्थना गर्दै ओम्माङ्मा (तमोसोमा ज्यातिर्गमय) खेल्ने निधो पनि भयो । त्यसरी डोकोभित्र साक्षात् ‘साङ्दाङराङमा’ पसी नाचिने भएकोले सो नाचलाई साङदाङ लाक पनि भनियो र साक्षात् साङ्दाङराङमा’ नाच्ने हु“दा नचिन्नका लागि डोकोभित्रै पसेर नाच्नुपर्ने बाध्यता सिर्जना भएको याक्खा बूढाबूढीहरु बताउ“छन् । त्यसैले डोकेनीलाक  वा साङदाङलाक मा डोकेनी बन्ने र छेमखुवा बन्नेले कहिल्यै अनुहार देखाउ“दैनन् र ती दुई पात्रहरुमा महिलामात्र संलग्न रहन्छन् । 
तिहारको औँसीको रातमा देखाइने डोकेनी लाक मा छेमखुवा बनेकी राजीराङमारुपी नारीपात्रले त्यसबेला तास–जुवा खेली वा रक्सी–जा“ड खाई विकृतिमा लिप्त हुने पुरुषहरुलाई तासजुवाको खाल उठाउने, खालको सबै पैसा खोस्ने, खेदाउने कार्य गर्नुका साथै कुटपीटको ‘कार्वाही’ पनि चलाउँछिन् । उक्त दिन आफ्नै पति भए पनि विकृतिमा लिप्त छ भने कुटपीट गर्न वा लात्तीलेसमेत हिर्काउने स्वतन्त्रता छेमखुवा लाई हुन्छ । त्यसबारे कुनै रीसइबी वा मनमा तुष लिइदैन वा लिइनु हु“दैन किनभने त्यो राजीराङमा ले चेतावनी दिएकी हुन् भन्ने  धारणा याक्खाहरुमा रहिआएको छ । छेमखुवाहरुले कुनै व्यक्तिलाई समाएर पैसा मागेपछि नदिइञ्जेलसम्म छोड्दैनन् । विविध हा“स्य क्रियाकलापहरु गर्दै फकाएर पैसा असूल गरेरै छाड्छ । यो नाचले एकातिर याक्खा जनजातिलाई मनोरञ्जनात्मक तवरले सहयोग अभियान संचालन गर्ने, अ“ध्यारोविरुद्ध उज्यालोको कामना गर्ने, विकृतिहरुविरुद्ध एक दिवसीय कार्यवाहीमूलक तथा चेतनामूलक अभियान चलाउने र आदिवासीहरुको विशेषताअनुरुप नारी सम्मान, समानता र स्वतन्त्रताको अभिव्यक्ति दिने कार्य गर्दछ भने अर्कोतिर यसले याक्खा जातिकै विशेष सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्दछ । आज पनि डोकेनीलाक र ओम्माङ्बाबाट उठेको रकमबाट असहाय याक्खा परिवारलाई सहयोग गर्ने वा बाटो, पूल बनाउनेजस्ता कार्यहरु गरिन्छन् ।
हिन्दूहरुकी देवी लक्ष्मीस“ग किरात याक्खाहरुको साङदाङराङमा को कस्तो सामीप्यता रहेको छ वा यो याक्खाहरुकै विशेष सांस्कृतिक पहिचान हो कि हैन ? भन्ने यदाकदा प्रश्न झिनोरुपले उठाउने गरिएको पाइन्छ । तर यसबारे नृतत्व विद्वानहरुले यो सांस्कृतिक स्वरुप र पहिचान याक्खाहरुकै भएको र लक्ष्मी (साङ्दाङ्राङमा) याक्खाहरुकै देवी रहेको पुष्टि गरेका छन् । विद्वानहरुका अनुसार आजको हिन्दूधर्ममा जे जति देउता र देवीहरु छन्, प्राचीन कालमा हिन्दू धर्ममा थिएनन् । भारतीय लेखक राजीबकुमार “राजीव” द्वारा लिखित ‘विश्व प्रसिद्ध धर्म, मत और सम्प्रदाय’ नामक पुस्तकमा उल्लेख भएअनुसार शुरुमा इरानेली आर्यहरु सिन्धुक्षेत्रमा आउ“दा आर्यहरुस“ग मित्र, बरुण र रुद्र आदि तीनवटा पुरुष देउताहरुमात्र थिए, देवीहरु त थिदै थिएनन् । सिन्धु घा“टीको सभ्यतामा मात्र प्रथम देवी ‘मातृदेवी’ रहेको पुष्टि भएको छ ।
माथिको कुराबाट के प्रमाणित हुन्छ भने आज हिन्दूधर्ममा भएका देउता र देवीहरु विभिन्न आदिवासी समुदायहरुबाट हिन्दूधर्मले लिएका हुन् । किरातेश्वर महादेव (शिव) को एउटा दृष्टान्त लिंँदा मात्रै पनि यो कुरा पुष्टि हुन्छ । पुराण र हिन्दू धर्मग्रन्थहरुमा शुरुमा भाङधतुरो खाने, बाघको छाला लाउने भङ्ज्याहा भनी शिवको चित्रण गरिएको पाइन्छ । पछि उनको शक्ति र सम्प्रदाय विशाल भएको हु“दा अरुलाई पनि आफ्नो बशमा पार्न धार्मिक हतियारको रुपमा शिवलाई हिन्दूहरुले ‘देवाधिदेव महादेव’को दर्जा दिएर हिन्दूकरण            गरेका हुन् । विद्वानहरुका अनुसार ‘लक्ष्मी’ याक्खा संस्कृतिकै उपज हुन् । हिन्दूधर्ममा याक्खा संस्कृतिकै देनस्वरुप ‘लक्ष्मी’लाई पछिबाट आङ्गिकार गरिएको हो । हिन्दूधर्ममा ‘लक्ष्मीपूजा’ गर्ने प्रचलन याक्खाबाट आएको कुरा भारतका प्रसिद्ध नृतत्व विद्वान गणेशकुमार पाठकले दावी गर्नुभएको छ ।  भारतबाट प्रकाशित हुने पत्रिका ‘डायमण्ड’ को दिसम्बर १९९६ को अङ्क ६९ मा विद्वान लेखक गणेशकुमार पाठकले ‘कब और कैसे शुरु हुई लक्ष्मीपूजा की परम्परा ?’ भन्ने लेखमा यसो भनेका छन्–“के मानिन्छ भने लक्ष्मी  धन, धान्य एवं ऐश्वर्यकी अधिष्ठात्री हुन् भन्ने मान्यता यक्ष (याक्खा–कलमी) संस्कृतिकै देन हो । यो संस्कृति उत्तरी भारतमा विकसित भएको थियो । यस संस्कृतिमा ‘श्रीदेवी’(लक्ष्मी–कलमी) धन, धान्य एवं ऐश्वर्यकी देवी  थिइन्  । ...कुबेर पनि यसै यक्ष संस्कृतिकै देउता थियो, जो आज पनि धन र ऐश्वर्यको प्रतीक मानिन्छन् ।”
माथिको भनाइले यक्ष (याक्खा) संस्कृतिमा लक्ष्मी अर्थात् श्रीदेवीको प्रकल्पनाले याक्खाहरुले लक्ष्मीपूजाको दिन घरघर गई देखाउ“दै आएको परम्परागत विशिष्ट नृत्य ‘डोकेनीलाकको मिथक’ एवं ‘साङ्दाङ्राङमा’(लक्ष्मी) पूजा याक्खाहरुकै संस्कृति भएको पुष्टि हुन जान्छ । तर, राज्यको विभेदकारी, दमनकारी अनि असहिष्णुकारी नीति र अन्य विभिन्न कारणले याक्खा समुदाय र गाउँघरमा हराउ“दै गएको डोकेनी लाक वा साङदाङ लाक अहिले सुनसरीको धरान, संखुवासभा, धनकुटाका याक्खाहरुले प्रत्येक सालको लक्ष्मीपूजाको दिन याक्खा घरहरुमा ओम्माङ्बास“गै डोकेनी लाक नचाउन शुरु गरेर यसको संरक्षण र सम्बद्र्धन गर्न लागिरहेका छन् । यस कार्यको शुरुवातले याक्खा जातीय सांस्कृतिक पुनर्जागरण भइरहेको आभास मिलेको छ । डोकेनी नाचको सवालमा यो नाचको मुन्थुम पहिले थियो वा थिएन ? थियो भने कस्तो थियो ? भन्ने विषय अझै अनुसन्धेय नै रहेको छ । यस कार्य याक्खा छुम्मा र याक्खा विद्वानहरु लाग्नुपर्ने टड्कारो आवश्यक्ता महसूस भएको छ ।
त्र
   

Comments

Popular posts from this blog

पूर्व तताइरहेको ढुङ्गा "खुवालुङ"

याक्खा समुदायमा ‘बलि राजाको हुकुम’ Yakhha culture

किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक