जागौ युवा, गाडौं जग, हामीले पुज्ने थाम सरि..



 
भाषा आफ्नै, धर्म आफ्नै, आफ्नै छ नि लिपि पनि
यलम्बरको सन्तान हामी, गर्व गरौं #याक्खा भनी.. 
लेख्छौ राई, लेख्छौ लिम्बू आखिरमा #याक्खै हौ नी
(न पत्याए खोजौ तत्थ्य, सत्य सबुत आझै छ नि)2..। 

सस्कृतीको झल्को दिने डोकेनिको नाच हेर
वन-पाखा घन्काई दिने च्याब्रुङको तरङ्ग सुन..
आखिर...(पुर्खाहरुले जोगएका, संस्कारमा छौ नि धनी)2
(चौडा छाती, उच्च सिर, झुक्न दिन्नौ अझै पनि)2 ।। 

जागौ युवा, गाडौं जग, हामीले पुज्ने थाम सरि.. 
चिनारी दिऊ #याक्खा जातको, एक कान दुई कान संसार भरी... 
(सोच बनाऊ, जोस बढाऊ, तपाई हामी यसैगरी)2
स्थीर रुपमा खडा गरौ #याक्खा जाती सधै भरी 
(यसरीनै अघि बढौ #याक्खा समुदाय छदै छ नि)2 ।।।


दिलिप जिमी 
सह सचिव 
किराँत याक्खा छुम्मा उपत्यका समिति 
ललितपुर ।

Comments

Popular posts from this blog

याक्खा जातीमा सिक आप्मा

पूर्व तताइरहेको ढुङ्गा "खुवालुङ"

आदिवासी जनजाति साहित्यकार महासंघको अध्यक्षमा राजन मुकारुङ