आदिवासी सांस्कृतिक अधिकारबारे छलफल सम्पन्न, धराने कालो बंगुर र तीनपाने जस्तै गोरुको मासु पनि ब्राण्डिङ गर्न आग्रह



श्रावण ५, २०७७ – धरानमा सांस्कृतिक अधिकार संरक्षण समितिद्धारा आयोजित सम्मान तथा छलफल कार्यक्रम आज सम्पन्न भएको छ । धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित उक्त कार्यक्रममा आदिवासी सांस्कृतीक अधिकार विषयक छलफल भएको थियो । नेपालको संविधान २०७२ मा मुलुक धर्म निरपेक्ष भएता पनि संविधान सँग बाझिने ऐन, कानुनहरु बनाएर सरकारले आदिबासी जनजाती समुदायका सांस्कृतिक अधिकारमा धावा बोल्दै आएको अधिकारकर्मीको भनाइ थियो ।


नेपाल आदिबासि जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले कार्यक्रममा बोल्दै भने मुलुकी ऐन २०७४ ले मासु खान नहुने चौपाया गोरुलाई पनि राखेर गोरु लाई पनि राखेर गोरु काटेको कसुरमा ३ वर्ष जेल सजाय तोकिएको छ । यो सरासर जनजातिको संस्कारमा प्रचलन हुँदै आएका परम्परा लाई प्रतिबन्ध गरेको बताए । नेपालमा आदिवासी जनजातिहरुको संस्कारमा गोरुको मासु अत्यावश्यक थियो, निरकुंश शासन सत्ताले हाम्रो परम्परालाई विस्थापन गर्दैै कानुनि रुपमा प्रतिवन्ध लगाएको थियो अब यो प्रतिबन्धलाई तोड्नु आवश्यक रहेको उनले बताए । उनले थपे त्यसको विरुद्धमा धरान बाट सांस्कृतिक अधिकार संरक्षण समितिले सुरु गरेको आन्दोलन मुलुकी ऐनको उक्त दफा खारेज गराउन केन्द्रित छ ।

नेपाल आदिबासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बराहक्षेत्र नगर समन्वय समितीका अध्यक्ष सन्त कुमार राईलाई सम्मान गरिएको थियो । सांस्कृतिक अधिकारका लागि महत्वपुर्ण योगदान गरेकोमा अध्यक्ष सन्त कुमारलाई शिरमा फेटा गुथेर सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथि माण्डुपाले सम्मानपत्र सहित ५ हजार नगद रुपयाँ सम्मान स्वरुप प्रदान गरिएको थियो । यसका साथै उनले थपे धरान उपमहानगरपालिकाले यो वर्षको नगर सभामा ल्याएको निति तथा कार्यक्रममा तीन पाने र धराने कालो बंगुरलाई ब्राण्डिङ गर्ने कुरा स्वागत योग्य भएको बताउँदै अब गोरुको मासु पनि धरानबाटै ब्राण्डिङ गर्न स्थानीय सरकार तथा सरोकारवालालाई आग्रह गरेका छन ।

यसका साथै गोरुको मासुबाट मानव स्वास्थ्यमा हुने लाभदायक र हानि बारेमा प्रविधिक पक्षमा केन्द्रिय प्रविधि क्याम्पस हातीसारका उपप्रध्यापक अर्जुन घिमिरेले जानकारि दिनुका साथै गोरुको मासु विक्रिमा कानुनले लगाएको प्रतिवन्धको बारेमा पनि जानकारि गराएका थिए । उपप्रध्यापक घिमिरेको अनुसार गोरुको मासु मानव शरिरमा हानिकारक नभएर निकै नै लाभदायक भएको बुझिन्छ । मासुमा पाइने पौष्टिकताले मानव शरिरमा हुने लाभ र हानिको बारेमा उपप्रध्यापक घिमिरेले जानकारि दिएका थिए ।

समितिका अध्यक्ष सुवास हुक्पाचोङबाङको अध्यक्षतामा भएको उक्त छलफल तथा सम्मान कार्यक्रममा नेकपा धरानका अध्यक्ष नारायण सुवेदी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बु, नेपाली कांग्रेसका नेता महेन्द्र तामाङ लगायतका विभिन्न राजनितिक दल तथा आदिवासी जनजाति समुदायका जातीय संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालनको विधि भने पृथक रहेको थियो । नाङ्लोमा केराको पत्ता माथि जोडी कठुवामा तीनपाने रक्सि र गोरुको भुटन राखिएको थियो । कार्यक्रममा सो कठुवाको तीनपाने रक्सि र गोरुको भुटन खाएर प्रमुख अतिथिले उत्घाटन गरेका थिए । अन्य अतिथिलाई पनि कार्यक्रमका अध्यक्ष चोङबाङले खुवाएका थिए ।

सन्जय याक्खा

Comments

Popular posts from this blog

पूर्व तताइरहेको ढुङ्गा "खुवालुङ"

याक्खा समुदायमा ‘बलि राजाको हुकुम’ Yakhha culture

किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक