किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक

 किराँत याक्खा जाति भित्र विविधतामा एकता आवश्यक



किराँत याक्खा जाति अरु विभिन्न किरातहरु जस्तै एक छुट्टै किराँत हो जस्तै अरु विभिन्न किराँतमा किराँत राई यायोक्खा , किरात याक्थुम चुम्लुङर किराँत सुनुवार भने जस्तै किराँत याक्खा छुम्मा रहेको छ।यो किराँत याक्खा भित्र पनि विभिन्न उपजातिहरु रहेका छन् । जस्तो की जिमी याक्खा, देवान याक्खा, छाला याक्खा, चारकोले याक्खा , सुखिम याक्खा, लिंखा याक्खा, कोन्ग्रेन याक्खा, लिम्बुखिम याक्खा, लुम्वा याक्खा, कोयोन्गवा याक्खा, होहोन्गवा याक्खा, मरेनहांग याक्खा, खाम्याहांग याक्खा, थायुम याक्खा, सोम्याहान्ग याक्खा, सोन्ग्रेन याक्खा, तुम्याहांग याक्खा, हाम्बोन्ग याक्खा, आदि रहेका छन्। यसमा पनि छुट्नुभएका अरु याक्खा उप जातिहरुलाइ खोज अनुसन्धनको अभावमा समेट्न सकिएन जुन जुन छुटेकाहरु हुनुहुन्छ उहाँहरु सम्पूर्णलाइ आगामि दिनहरुमा समेट्दै लैजानु जरुरी छ। हिजो हामी अल्पसंख्याकमा परेका थियौ हाम्रो जनसंख्या कम भएको कारणले हामी ओझेलमा परिरहेका थियौ । समयको गति संगै विस्तारै विस्तारै हाम्रो वास्तविकता के हो? हामी को हौ? भन्ने कुरो खोज्दै जाने क्रममा हाम्रो अग्रजहरुले किराँत याक्खा छुम्मा वि.सं २०५१ साल तिर स्थापना गर्नुभयो।
विस्तारै खोज अनुसनधान गर्दै विभिन्न कठीनाइ दुःख कष्टका साथ किराँत याक्खा छुम्मालाइ अगाडी वढाउने क्रममा यहाँ सम्म ल्याइपुर्याउनु भयो । उहाहरुको योगदान किराँत याक्खा छुम्मामा सराहनिय र उच्च मुल्यांकन सदावहार रहिरहनेछ। हामी सम्पूर्ण याक्खा सन्तानहरु प्रति यो ज्यादै गर्वको विषय हो। हामी नयाँ पूस्ताले यो किराँत याक्खाको इतिहास किहल्यै विर्सनु हुन्न। मैले सुने अनुसार शुरुवात गर्दा कार्यलय स्थापना गर्दा घर भाडा समेत तिर्न धौ धौ थियो रे कति दिन खाइनखाइ भोक भोकै संघर्ष गरेका व्यक्तित्वहरु सायद अझै पनि हुनुहुन्छ होला। जो याक्खा जातिको लागि संघर्ष गरे,याक्खा जातिको पहिचानका लागी लडे, याक्खा जातिको जातित्व उत्थानका लागी परिश्रम गरे यो हामी सम्पूर्ण याक्खाहरुले यो योगदानलाइ कहिल्यै पनि भुल्नु हुन्न र उहाँहरु सम्पूर्णलाइ उच्च मुल्यांकनका साथ हार्दिक आभार प्रकट गर्नु पर्दछ र सधैं सम्झिरहनु पर्दछ। यसै सन्दर्भमा यो लेख लेख्ने लेखक म उहाँहरु प्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु।
आज सम्म यस याक्खा जातिको भाषा संस्कृति संबद्धन गर्न र आफ्नो मौलिक पहिचान स्थापना गर्नका निम्ती वैधानिक तवरले दर्ता गरिएका संस्थाहरु तिन वटा देखिन्छ किराँत याक्खा छुम्मा, अर्थात् किराँत याक्खा सम्पर्क तदर्थ समिती (दर्ता नं. ६१९) महालक्ष्मीस्थान ललितपुर दर्ता मिति वि.सं.२०५१ साल र याक्खा आदिवासी याक्खा संघ (दर्ता नं.६३२) बालुवाटार, काठमाडौ वि सं.२०५७ फाल्गुण महिना रहेको छ। याक्खामा याप्सेन (याक्खा मिहला समाज) (दर्ता नं.३३९६) वि.सं.२०६८ साल नखीपोट, ललितपुर रहेको छ। यि तिनै संस्थाहरुका कार्यक्षेत्र हेर्दा उस्तै छन् किन एउटै कामका लागी छुट्टा छुट्टै संस्था दर्ता भयो त भन्ने आम नागरिकहरुको जिज्ञासा रहेको छ र चासोको विषय बनेको छ। याक्खा मिहला समाज गठन हुन स्वभाबिक नै ठानिए पनि किराँत याक्खा छुम्मा र नेपाल आदिवासी याक्खा संघका कार्य क्षेत्र एउटै देखाइएको छ तर संस्था छुट्टा छुट्टै छन्। यसो हुँदा पलाउन लागेको टुसामा धमिरा लाग्न सुरु गरेको त होइन भन्ने गहन प्रश्न र जिज्ञासा आम याक्खा नागरिकहरुमा बढी रहेको देखिन्छ। संस्था दर्ता भइसके पछि त्यस संस्था संग सम्वन्धित आम याक्खा नागरीकहरुको चासो बढ्नु जिज्ञासा बढ्नुलाइ अन्याथा लिन पनि हुँदैन किनभने ति आम याक्खा नागरिकहरु छन् र नै त संस्था पनि छ भन्ने कुरा बुझ्नु पर्दछ। आज सम्म यि संस्थाहरुले याक्खा जातीको भाषा र संस्कृतीलाइ कहाँ कहाँ र कसरी उत्थान गरे कसरी प्रबर्धन गरे भनेर आम याक्खा नागरिकहरु एक आपसमा कुरा काटिरहेको देखिन्छन् र भेटिन्छन् पनि किन ? यि संस्थाहरुले आफ्नै नागरीकहरुलाइ आम याक्खा नागरीकहरुले आपेक्षा गरे अनुरुपको काम गरेर देखाउन सकेनन् या यि संस्थाहरु नागरीकहरु माझ पुग्न सकेनन् यसमा दुविधा देखिएको छ । आम याक्खा नागरीकहरु यस संस्थाहरु प्रति सन्तुष्ट हुन सकेका छैनन्। छुट्टा छुट्टै दुइवटा संस्था भए पनि संस्थागत क्रियाकलाप भन्दा पनि व्यक्तिगत स्वार्थपूर्ति तर्फ मात्र लागेका छन् कि भन्न पछि परेका छैनन्। अन्ततोगत्व यस संस्थामा रहनुहुने पदाधिकारी ज्यूहरुले सम्पूर्ण याक्खा नागरीकहरुका निम्ति पारदर्सिता अपनाउनु जरुरी देखिन्छ। संस्थाहरु मात्र दर्ता गरेर संख्या बढाएर हैन काम गरेर आम याक्खाहरुलाइ याक्खा भाषा,संस्कार र संस्कृतीका मौलिक पहिचान भएको महसुस गराउन सक्नु याक्खा संग सम्वन्धित संघ संस्था खोलिए पनि आम याक्खाहरुले पाउने हक अधिकार र संस्कार संस्कृतीको मौलिक पिहचान प्राप्त गरेको महसुस गर्न सकिरहेका छैनन। देखिरहेका छन् त केवल मात्र व्यक्तिगत स्वार्थपूर्ति जो सम्वन्धित संस्थाको पदाधिकारी भएर बसेका छन्।
किराँत याक्खा छुम्मा र नेपाल आदिवासी याक्खा संघ यदि काम एउटै गर्थे भने कसरी संस्थाहरु चाहीँ अलग अलग भए त यो जिज्ञासाको विषय छ। एउटै काम गर्नको लागी एकै भएर जानु पर्दछ। भन्ने आम याक्खा नागरीकहरुको विचार हो संस्था दुइटै भए पनि ति संस्थाहरुले आम याक्खा नागरीकहरुलाइ आफुले गरेको कामको स्पस्टोक्ति देखाउन सक्नु पर्ने हो तर सकिरहेका छैनन्। आम याक्खा नागरीकहरुले यो त किराँत याक्खा जाति भित्रकै विविधता त हैन भन्ने प्रश्न चिन्ह खडा गरिदिएकोछ। त्यसैले हाम्रो किराँत याक्खा संस्था भित्र रहेको गुटवन्दि, अहमता, दोषारोपणलाइ हटाऔं।यि विभिन्न विविधता रहेकोमा एकता नै कायम गरौ। एकता कायम गरी हामी सम्पूर्ण याक्खाहरु एक हौ।यदि जहिले भएपनि सधैंभरी हामी सम्पूर्ण याक्खाहरुले जन गणनामा जातिमा याक्खा, मातृ भाषामा याक्खा चेया (भाषा) र धर्ममा किराँत लेखौ । यसरी सम्पूर्ण याक्खाहरुले हाम्रो जनसंख्या बढाउनमा मद्दत गरौ । सम्पूर्ण याक्खाहरुमा चेतना जगाऔं।
जय याख्खा ।। जय देश ।।
लेखकः मधु लिंखा याक्खा
हालः कुवेत
Facebook: madhulinkha@facebook.com
Email: madhulinkha51@gmail.com
Whats app: 50963682

Comments

Popular posts from this blog

पूर्व तताइरहेको ढुङ्गा "खुवालुङ"

याक्खा समुदायमा ‘बलि राजाको हुकुम’ Yakhha culture